नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहार मनाइयो।काग यमदूत भएको पौराणिक मान्यता छ। यमपञ्चकका नामले समेत चिनिने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ।यसै सन्दर्भमा 'कागे बाहुन'का उपनामले चिनिने इलामका रमेश दुलालले काठमाण्डूमा कागजस्तै कराउएर कागहरू भेला गरे। उनी यसलाई 'काग सम्मेलन' भन्ने गर्छन्।कागको भाषा बुझ्ने दाबी गर्ने दुलाल कागबाहेक अन्य चराचुरुङ्गी र विभिन्न बाजाको पनि आवाज निकाल्न सक्छन्। तर आफ्नो कलाको उचित सम्मान नभएको उनको गुनासो छ।हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
Nepal
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
SCAN and Contribute
- Details
- Category: Nepal
13